Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

उबरको नेपाल प्रवेशको तयारी, प्रतिस्पर्धा बढ्ने संकेत

उबरको नेपाल प्रवेशको तयारी, प्रतिस्पर्धा बढ्ने संकेत

नेपाल सम्वत् ११४६, बछलाथ्वः १ प्रतिपदा (५ बैशाख, २०८३, १८ अप्रिल, २०२६) शनिवार, बाँपिझ्याला । अमेरिकी बहुराष्ट्रिय यातायात कम्पनी उबरले नेपाली बजारमा प्रवेश गर्ने योजना बनाएको छ। अहिले नै विभिन्न राइड–हेलिङ कम्पनीहरू सक्रिय रहेको अवस्थामा उबरको आगमनले प्रतिस्पर्धा अझ बढ्ने अनुमान गरिएको छ।

उबरले विश्वभर राइड–हेलिङसँगै कुरियर सेवा, खाद्य डेलिभरी र सामग्री ढुवानी सेवा पनि प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार यसको प्लेटफर्ममा २० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ता र १ करोड सक्रिय चालक तथा कुरियर आबद्ध छन्। उबर हाल करिब ७० देशका १५ हजारभन्दा बढी सहरमा सञ्चालनमा छ।

नेपाल प्रवेशबारे जानकारी राख्ने स्रोतहरूका अनुसार सान फ्रान्सिस्कोस्थित मुख्यालय भएको कम्पनीले एक महिनाभित्र नेपाली बजारमा प्रवेश गर्ने तयारी गरेको छ। केही साताअघि उबरका अधिकारीहरूले नेपालमा सञ्चालित राइड–हेलिङ प्लेटफर्मका प्रतिनिधि र व्यवसायीसँग भेटघाट समेत गरेका थिए।

एक राइड–हेलिङ प्लेटफर्मका अधिकारीका अनुसार उबरले सन् २०१६ देखि नै नेपाल प्रवेश गर्ने प्रयास गर्दै आएको थियो। तर सरकारमा बारम्बार हुने परिवर्तन र प्रशासनिक तहमा राइड–हेलिङ सेवाबारे स्पष्ट बुझाइको कमीका कारण कम्पनीले अहिलेसम्म बजारमा प्रवेश गर्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार