नेपाल सम्वत् ११४६, बछलाथ्वः २ द्वितिया (६ बैशाख, २०८३, १९ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । भाषासेवी, व्याकरणविद् तथा नेपाल सम्वत आन्दोलनका अभियन्ता विष्णु चित्रकारको नेपालभाषा तथा नेवाः समाजप्रति पुर्याएको योगदानको सम्मानस्वरूप स्मृति कार्यक्रम सम्पन्न गरिएको छ। ने.सं. ११४६ बछलाथ्व (२०८३ साल वैशाख ५ गते शनिबार) का दिन नेपाल व्याङ्क्वेतमा बिचाः मुँज्या आयोजना गरिएको हो।
कार्यक्रममा न्हूदँ समारोह समितिका ज्योतिरत्न शाक्यले सम्मान प्रदान गर्दै विष्णु चित्रकारप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा प्रा.डा. नरेशमान बज्राचार्यले दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गर्दै धारणी पाठ समेत गरेका थिए।
कार्यक्रमका क्रममा एक मिनेट मौनधारण गरी दिवंगत चित्रकारलाई सम्झिएको थियो। यस अवसरमा जनकवि दुर्गालाल श्रेष्ठले लेखेको श्रद्धाञ्जली कविता पनि अडियोमार्फत वाचन गरिएको थियो, जसले उपस्थित सबैलाई भावुक बनाएको थियो।
कार्यक्रममा जगत सुन्दर ब्वनेकुथि, आदिवासी नेवाः राजनीतिक अभियान, नेपालभाषा मंकाः खलः, नेवाः देय् दबू, नेपाल सम्वत न्हूदँ राष्ट्रिय समारोह समिति, नेपालभाषा एकेडेमिया, नेपाल सम्वत संरक्षण समाज लगायत विभिन्न संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।
त्यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता राजेन्द्र प्रसाद श्रेष्ठ, तथा विष्णु चित्रकारका परिवारजनले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए।
वक्ताहरूले विष्णु चित्रकारलाई निस्वार्थ, समर्पित र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गर्दै उनले नेपालभाषा, व्याकरण र सांस्कृतिक आन्दोलनमा पुर्याएको योगदान अमूल्य रहेको बताएका थिए।
कार्यक्रममा नेपालभाषा क्षेत्रका धेरै व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो र अन्त्यमा विभिन्न व्यक्तित्वहरूले दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij