नेपाल सम्वत् ११४६, बछलाथ्वः ५ पञ्चमी (९ बैशाख, २०८३, २२ अप्रिल, २०२६) बुधबार बाँपिझ्याला । नेपालभाषाका वरिष्ठ पत्रकार तथा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर को स्मृतिमा तयार गरिएको स्मृति ग्रन्थ वैशाख ९ गते बुधबार प्रज्ञा भवनमा विमोचन गरिएको छ। नेपाल सम्वत् ११४६ बछलाथ्वः ५ पञ्चमीका दिन आयोजित कार्यक्रममा उहाँको जीवनगाथा, व्यक्तित्व र समाजप्रतिको योगदानलाई सम्झिँदै ग्रन्थ सार्वजनिक गरिएको हो।
उक्त ग्रन्थमा भिक्षु कोण्डन्य महास्थवीर, अग्नि वनेपाली, पुष्पराज राजकर्णिकार, नृपेन्द्रलाल श्रेष्ठ, सुरेन्द्रभक्त श्रेष्ठ, सुरजवीर बज्राचार्य, श्रीकृष्ण महर्जन, सविना मानन्धर, झपेन्द्र भुसाल, लक्की चौधरी लगायतका विभिन्न व्यक्तित्वका लेखहरू समावेश गरिएको छ।
स्वर्गीय मानन्धरको ४५औं दिनको पुण्यतिथिको अवसर पारेर नेपालभाषा पत्रकार राष्ट्रिय दबूद्वारा उक्त ग्रन्थ प्रकाशन गरिएको हो। कार्यक्रममा वक्ताहरूले उहाँको जीवनका संघर्ष, योगदान र व्यक्तित्वबारे चर्चा गर्दै समाजका लागि उहाँको योगदान सधैं स्मरणीय रहने बताएका थिए।
दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ को सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव सुरेन्द्रभक्त श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए भने वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले कार्यक्रमबारे जानकारी गराएका थिए। कार्यक्रममा प्रतिश्रया सायमि र रजनी मिलनले कविता वाचन गरेका थिए।
कार्यक्रममा भूपेन्द्र भुसाल, लक्की चौधरी, उदयन सायमि, अग्नि वनेपाली, पुष्पराज राजकर्णिकार, रश्मिला प्रजापति, राजेन्द्र प्रसाद श्रेष्ठ तथा भिक्षु कोण्डन्य महास्थवीर लगायतले स्वर्गीय मानन्धरको योगदानमाथि चर्चा गरेका थिए। महासचिव केके मानन्धरले सञ्चालन गरेको कार्यक्रममा अन्त्यमा अध्यक्ष श्रेष्ठले समापन मन्तव्य दिएका थिए।
ग्रन्थका प्रधान सम्पादक पूर्व अध्यक्ष सुरजवीर बज्राचार्य रहेका छन् भने सम्पादकहरू सुनिल महर्जन, केके मानन्धर, राजु नापित र उत्तम कुमार श्रेष्ठ रहेका छन्। संयोजक सुरेन्द्रभक्त श्रेष्ठको नेतृत्वमा प्रकाशित उक्त ग्रन्थको व्यवस्थापनमा बाबुकाजी श्रेष्ठ र सुनिता महर्जनको योगदान रहेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij