नेपाल सम्वत् ११४६, बछलाथ्वः ९ नवमी (१३ बैशाख, २०८३, २६ अप्रिल, २०२६) आईतबार, बाँपिझ्याला । अभिनेत्री आँचल शर्मा को मुख्य भूमिका रहेको फिल्म एक मुठ्ठी बादल को भावनात्मक ट्रेलर सार्वजनिक भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत युट्युबमा रिलिज गरिएको ट्रेलरले पारिवारिक सम्बन्ध र विवाहप्रतिको दृष्टिकोणलाई केन्द्रमा राखेको छ।
निर्देशक सहारा शर्मा ले ट्रेलरमार्फत कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेकी छन्। कथामा मुख्य पात्र विवाहप्रति असन्तुष्ट देखिन्छिन्, जबकि परिवारले त्यसलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेरेको छ। यही द्वन्द्व र पारिवारिक अपेक्षाको उतारचढावले कथालाई रोचक बनाएको छ।
फिल्ममा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनीष निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ।
निर्माण पक्षमा अभिमन्यु दीक्षित निर्माता र निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। जर्मन सह–निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल संलग्न छन्।
विशेष कुरा, फिल्मका अधिकांश प्राविधिक र सिर्जनात्मक पक्षमा महिलाको नेतृत्व रहेको छ, जसले यस परियोजनालाई अझै विशेष बनाएको छ। गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन को संयुक्त निर्माण रहेको यो फिल्म नेपालमा आरआर फिल्म्स ले वितरण गर्नेछ।
फिल्म आगामी १ जेठ (१५ मे) मा प्रदर्शनमा आउने तयारीमा छ, जसप्रति दर्शकमाझ उत्सुकता बढ्दो देखिन्छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij