Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, काम ठप्प पार्ने चेतावनी

मूल्यवृद्धिले निर्माण क्षेत्र संकटमा, काम ठप्प पार्ने चेतावनी

नेपाल सम्वत् ११४६, बछलागाः ४ चौठी (२२ बैशाख, २०८३, ५ मे, २०२६) मंगलबार बाँपिझ्याला । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्री र इन्धनको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको जनाएको छ। महासंघले एक हप्ताभित्र माग सम्बोधन नभए देशभरका निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको छ।

महासंघका अनुसार डिजेल, बिटुमिन, सिमेन्ट र फलामजन्य सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेकाले पुरानो दररेटमा काम गर्न असम्भव भएको छ। यस अवस्थालाई ‘फोर्स मेजर’ को रूपमा व्याख्या गर्दै मूल्य समायोजन आवश्यक रहेको उनीहरूको भनाइ छ।

साथै चालू आर्थिक वर्षमा पुँजीगत खर्च न्यून रहेको र सरकारी नीतिहरूले निर्माण क्षेत्रका मुख्य समस्याहरू समाधान गर्न नसकेको आरोप पनि लगाइएको छ। महासंघले निर्माण व्यवसायीमाथि भइरहेको दबाब र कारबाहीप्रति आपत्ति जनाउँदै यस्ता गतिविधि रोक्न आग्रह गरेको छ। माग पूरा नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार