नेपाल सम्वत् ११४६, बछलागाः ४ चौठी (२२ बैशाख, २०८३, ५ मे, २०२६) मंगलबार बाँपिझ्याला । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरीद्वारा दिक्पाल छन्दमा रचित मनोभावनात्मक गजल ‘सम्झेर प्यार’ सार्वजनिक भएको छ। उक्त गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ भने पुरुष स्वरमा राज सिग्देलले साथ दिएका छन्।
“नेपाली गजलबहार” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गजलको एरेन्ज किरण कँडेलले गरेका हुन्। म्युजिक नेपालमा नकुल कार्कीले रेकर्ड गरेको गजलको मिक्सिङ तथा मास्टरिङ प्रकाश खरेलले गरेका छन्।
सरोज बुढाथोकीको श्रृङ्गारमा तयार गरिएको भिडियोमा बबिना भट्टराई र राज सिग्देल फिचर्ड छन्। भिडियो निर्देशन केशव राज भट्टले गरेका हुन् भने सम्पादन तथा कलर मीन रावलको रहेको छ। छन्दमणि कविवर गोविन्दराज विनोदीप्रति समर्पित यो गजल दिक्पाल छन्दको उत्कृष्ट कृति बनेको गजलकार उत्तम विचार बताउँछन्।
इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले सञ्चालन गर्ने ‘मेचीदेखि महाकालीसम्म’ कार्यक्रममा समीक्षा गर्दै उनले गजलकार आरजु गिरीले छन्दको अनुशासनमा रहेर सुन्दर र सशक्त गजल सिर्जना गरेको उल्लेख गरेका छन्। गजलका प्रत्येक शेरमा प्रेम, त्याग र समर्पणको गहिरो भाव अभिव्यक्त भएको उनको भनाइ छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij