Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दशकपछि निर शाहको दमदार पुनरागमन : ‘कमला मिस’ले बढायो दर्शकको उत्सुकता

दशकपछि निर शाहको दमदार पुनरागमन : ‘कमला मिस’ले बढायो दर्शकको उत्सुकता

नेपाल सम्वत् ११४६, अनलाथ्वः २ द्वितिया (४ जेष्ठ, २०८३, १८ मे, २०२६) सोमबार, बाँपिझ्याला । कमला मिस मार्फत नेपाली चलचित्रका अनुभवी निर्देशक निर शाहले करिब एक दशकपछि निर्देशनमा पुनरागमन गरेका छन्। साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह थपिएको छ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेत्री बासना तिमिल्सिना लाई मनोवैज्ञानिक भावभंगिमामा प्रस्तुत गरिएको छ, जसले चलचित्रको कथा रहस्यमय र संवेदनशील हुने संकेत गर्छ। निर्माण टिमले चलचित्रको अफिसियल टिजर पनि यही बिहीबार सार्वजनिक गर्ने जनाएको छ।

मनोवैज्ञानिक कथामा आधारित यस चलचित्रमा निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठान का लागि उमा मल्ल ले निर्माण गरेकी हुन्।

विजय मल्ल को कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर शाह र प्रजल दुलाल ले तयार पारेका हुन्। चलचित्रमा शिवराम श्रेष्ठ को छायांकन, युग भुसाल को संगीत तथा रामजी लामिछाने को कोरियोग्राफी रहेको छ।

यसअघि वासुदेव, मसान र सेतोबाघ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका निर शाहको यो नयाँ प्रस्तुति दर्शकमाझ विशेष प्रतीक्षामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार