Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भेस्पा–अप्रिलिया स्कुटर यात्राले दियो पर्यटन र मित्रताको सन्देश

भेस्पा–अप्रिलिया स्कुटर यात्राले दियो पर्यटन र मित्रताको सन्देश

नेपाल सम्वत् ११४६, अनलाथ्वः ८ अष्ठमी (१० जेष्ठ, २०८३, २४ मे, २०२६) आईतबार, बाँपिझ्याला । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा विशेष स्कुटर यात्रा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धन, मित्रता विस्तार तथा सामूहिक यात्राको सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ ।

बिहान शोरुम परिसरमा सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी समन्वयपछि आकर्षक रूपमा सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको थियो । अनुशासित रूपमा अघि बढेको स्कुटर र्‍याली बुटवलका मुख्य सडक हुँदै हरियाली वातावरणतर्फ अघि बढ्दा सर्वसाधारणको समेत ध्यान आकर्षित गरेको थियो ।

करिब ४२ किलोमिटर दुईतर्फी दूरी पार गर्दै टोली तिलोत्तमा नगरपालिका–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिमा पुगेको थियो । होटल व्यवस्थापनले सहभागीहरूलाई आत्मीय स्वागत गर्दै विशेष आतिथ्यता प्रदान गरेको थियो । हरियाली वातावरण, शान्त प्राकृतिक परिवेश तथा व्यवस्थित सेवाले सहभागीहरूलाई विशेष अनुभव दिलाएको बताइएको छ ।

होटल परिसरमा साथीभाइसँग गरिएको भेटघाट, खाजा तथा रमाइलो कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । सहभागीहरूले प्राकृतिक वातावरणमा बिताएको समय स्मरणीय बनेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा सामूहिक तस्बिर तथा भिडियो निर्माणका गतिविधिहरू समेत गरिएको थियो ।

विशेषगरी बियर गार्डेन, खुला विश्रामस्थल तथा प्रकृतिमैत्री काठका भिल्लाहरू सहभागीहरूको रोजाइमा परेका थिए । सहभागीहरूले टाइगर फरेस्ट होटललाई परिवार, साथीभाइ, पिकनिक, विवाह तथा विभिन्न समूहगत कार्यक्रमका लागि उपयुक्त गन्तव्यका रूपमा वर्णन गरेका छन् ।

सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको उक्त स्कुटर यात्राले सहभागीहरूबीच आत्मीय सम्बन्ध थप बलियो बनाउनुका साथै टाइगर फरेस्ट होटललाई आन्तरिक पर्यटनका लागि आकर्षक गन्तव्यका रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार