Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

फिल्म ‘सारथि’को छायाङ्कन सम्पन्न

फिल्म ‘सारथि’को छायाङ्कन सम्पन्न

नेपाल सम्वत् ११४६, अनलागाः १ प्रतिपदा (१८ जेष्ठ, २०८३, १ जुन, २०२६) सोमबार, बाँपिझ्याला । उत्तम प्रधान र निरुता सिंहको मुख्य भूमिका रहेको फिल्म ‘सारथि’ को छायाङ्कन सम्पन्न भएको छ।

फिल्मको एक महिनासम्म म्याग्दीका विभिन्न स्थानमा छायाङ्कन गरिएको थियो। निर्देशक कुमार गजुरेलले छायाङ्कन कार्य पूरा भएको जानकारी दिएका छन्। उनका अनुसार केही दृश्य मिलाउन काठमाडौँमा एक दिन थप छायाङ्कन गरिनेछ।

सामाजिक कथावस्तुमा आधारित फिल्मले मौलिक संस्कृति, परम्परागत जीवनशैली, ढुंगा–माटोले बनेका घरहरू, छन्त्याल तथा दलित समुदायको जनजीवन र गुर्जा–चुरेन हिमालको प्राकृतिक सौन्दर्यलाई पर्दामा उतार्नेछ।

फिल्ममा उत्तम प्रधान र निरुता सिंहसँगै मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

किम्भे प्रोडक्सन र धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण भइरहेको फिल्मका निर्माता तारा थापा 'किम्भे' र सौर्यल थापा हुन्। फिल्ममा धिरज तामाङ र बेक बहादुर विश्वकर्मा सहनिर्माता रहेका छन् भने प्रदिप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्माताका रूपमा आबद्ध छन्।

फिल्मको छायाङ्कन संकल्प भुजेलले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार