नेपाल सम्वत् ११४६, तछलाथ्वः १३ त्रयोदशी (१३ अषाढ, २०८३, २७ जुन, २०२६) शनिवार, बाँपिझ्याला । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–१ सुस्पा–क्षमावती स्थायी घर भई हाल मध्यपुर थिमी निवासी युवा व्यवसायी सिताराम घतानीले शंखधर चोक, ठिमीमा ‘कालिञ्चोक गोल्ड एण्ड सिल्भर हाउस’ सञ्चालनमा ल्याएका छन्। आधुनिक व्यवस्थापन, गुणस्तरीय सेवा तथा ग्राहकको विश्वासलाई केन्द्रमा राखेर सञ्चालनमा ल्याइएको उक्त सुन–चाँदी व्यवसायको आज एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको हो।
नवस्थापित व्यवसायको उद्घाटन राष्ट्रिय सभा सदस्य माननिय घनश्याम रिजालले रिबन काटेर तथा शुभकामना मन्तव्य व्यक्त गर्दै गरेका थिए। उद्घाटन कार्यक्रममा दोलखा जिल्ला लगायत बाहिर जिल्लाका विभिन्न क्षेत्रका व्यवसायी, समाजसेवी, स्थानीय बासिन्दा, आफन्त तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य रिजालले स्वदेशमै लगानी, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन यस्ता नयाँ व्यवसायको महत्वपूर्ण भूमिका रहने बताए। उनले इमानदारिता, गुणस्तरीय सेवा र ग्राहकप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न सुझाव दिँदै व्यवसायी घतानीको सफलताको शुभकामना व्यक्त गरे।
व्यवसायी सिताराम घतानीले आफ्नो व्यवसायिक यात्रा सम्झँदै करिब ३० वर्षअघि १५ वर्षको उमेरमा ललितपुरको पाटन पुगेर चाँदी व्यवसायबाट आफ्नो कर्मयात्रा सुरु गरेको बताए। सुरुआती दिनमा सिक्दै, संघर्ष गर्दै र अनुभव बटुल्दै अघि बढेका उनले निरन्तर मेहनत, धैर्यता र ग्राहकको विश्वासका कारण सुन–चाँदी व्यवसायमा आफूलाई स्थापित गर्न सफल भएको उल्लेख गरे।

उनका अनुसार करिब एक दशकअघि सुन–चाँदीको कारोबारलाई व्यवस्थित रूपमा विस्तार गर्ने लक्ष्यसहित व्यवसायलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको थियो। अहिले समयको आवश्यकता, ग्राहकको चाहना र बजारको प्रतिस्पर्धालाई ध्यानमा राख्दै शंखधर चोक, ठिमीमा नयाँ व्यवस्थापनसहित कालिञ्चोक गोल्ड एण्ड सिल्भर हाउस सञ्चालनमा ल्याइएको हो।
घतानीले ग्राहकको विश्वास नै आफ्नो व्यवसायको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्दै गुणस्तरीय सुन–चाँदीका गरगहना, पारदर्शी कारोबार, उचित मूल्य तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै आधुनिक शैलीमा सेवा प्रवाह गरिने उनले बताए।
उनले उद्घाटन समारोहमा आफ्नै वडाका प्रतिनिधि तथा राष्ट्रिय सभा सदस्य घनश्याम रिजालको उपस्थितिले आफूलाई थप उत्साह र ऊर्जा मिलेको बताए। आफ्नो जन्मथलोका जनप्रतिनिधिबाट व्यवसायको शुभारम्भ हुन पाउनु व्यक्तिगत रूपमा गौरवको विषय भएको उनको भनाइ थियो। यसै गरी
घतानीले आफ्नो लामो व्यवसायिक यात्रामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी साथीहरू, ग्राहक, आफन्त, शुभेच्छुक तथा परिवारप्रति हार्दिक आभार व्यक्त गरे। उनीहरूको विश्वास, साथ र सहयोगकै कारण आजको उपलब्धि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबैको निरन्तर साथ र सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे।
उनले व्यवसायलाई केवल नाफामुखी रूपमा मात्र नभई ग्राहकसँग दीर्घकालीन विश्वासको सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। गुणस्तरीय सेवा, पारदर्शी कारोबार र ग्राहकमैत्री वातावरणमार्फत कालिञ्चोक गोल्ड एण्ड सिल्भर हाउसलाई भक्तपुर क्षेत्रमा एक विश्वसनीय सुन–चाँदी व्यवसायका रूपमा स्थापित गर्ने आफ्नो उद्देश्य रहेको घतानीले बताए।
नयाँ व्यवस्थापन, अनुभव र ग्राहकप्रतिको प्रतिबद्धतासहित सञ्चालनमा आएको कालिञ्चोक गोल्ड एण्ड सिल्भर हाउसले स्थानीय बजारमा सुन–चाँदी व्यवसायको क्षेत्रमा थप प्रतिस्पर्धा, गुणस्तरीय सेवा र ग्राहकलाई सहज विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।
दोलखा जिल्लाबाट पेशा व्यवसायको सिलसिलामा उपत्यका आएर बसोबास गर्नु हुने सम्पूर्णमा सुनचाँदी संग सम्वन्धी काम गर्नुको लागि सम्झनु हुन पनी व्यवसायी घतानीले आग्रह सहीत अनुरोध गर्नु भएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij