Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

विश्वकप २०२६ : अन्तिम १६ को समीकरण तय, स्पेन–पोर्चुगल सुपर भिडन्त

विश्वकप २०२६ : अन्तिम १६ को समीकरण तय, स्पेन–पोर्चुगल सुपर भिडन्त

नेपाल सम्वत् ११४६, तछलागाः ५ पञ्चमी (२१ अषाढ, २०८३, ०५ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । विश्वकप फुटबल २०२६ को अन्तिम ३२ चरणका सबै खेल सम्पन्न भएसँगै प्रिक्वाटरफाइनल (अन्तिम १६) को समीकरण तय भएको छ। ४८ टोलीमा विस्तार गरिएको यस संस्करणमा पहिलो पटक अन्तिम ३२ चरण समावेश गरिएको हो, जहाँ धेरै अप्रत्याशित नतिजाले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ।

शनिबार बिहान कोलम्बिया र घानाबीचको खेलसँगै अन्तिम ३२ चरण समाप्त भएको हो। यस चरणमा विश्व फुटबलका केही शक्तिशाली टोलीहरू अप्रत्याशित रूपमा बाहिरिए। चार पटकको विश्वविजेता जर्मनी पाराग्वेसँग टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो भने उपाधिको दाबेदार मानिएको नेदरल्यान्ड्स पनि मोरक्कोसँग पेनाल्टी सुटआउटमा हार्दै घर फर्कियो।

यस्तै, अस्ट्रेलियाले पनि इजिप्टसँग पेनाल्टी सुटआउटमा हार बेहो¥यो। मोहम्मद सलाहको नेतृत्वमा रहेको इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो।

उता, उपाधिका प्रमुख दाबेदार स्पेन र फ्रान्सले भने सहज जित निकाल्दै प्रिक्वाटरफाइनल यात्रा तय गरे। यद्यपि इङ्ग्ल्यान्ड, अर्जेन्टिना, पोर्चुगल र ब्राजिलले भने अन्तिम १६ पुग्न निकै संघर्ष गर्नुपरेको थियो।

यस पटकका तीनै सहआयोजक राष्ट्रले अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्। आइतबार हुने पहिलो प्रिक्वाटरफाइनलमा क्यानडाले पछिल्लो विश्वकपको सेमिफाइनलिस्ट मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यस खेलको विजेताले क्वाटरफाइनलमा फ्रान्स वा पाराग्वेमध्ये एकसँग खेल्नेछ। आइतबार नै फ्रान्स र पाराग्वेबीच पनि अर्को रोचक भेट हुनेछ।

ब्राजिल र इङ्ग्ल्यान्डका लागि भने प्रिक्वाटरफाइनल चुनौतीपूर्ण हुने देखिएको छ। ब्राजिलले इर्लिङ हालान्डको नेतृत्वमा रहेको नर्वेसँग खेल्नेछ भने इङ्ग्ल्यान्डले घरेलु समर्थकको साथ पाएको सहआयोजक मेक्सिकोको सामना गर्नेछ। यी दुई खेलका विजेताबीच क्वाटरफाइनल हुनेछ।

अन्तिम १६ को सबैभन्दा चर्चित र आकर्षक भिडन्त स्पेन र पोर्चुगलबीच हुनेछ। पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेको स्पेन त्यसपछि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पोर्चुगलले भने समूह चरणमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि अन्तिम ३२ मा क्रोएसियालाई नाटकीय रूपमा हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो।

अर्को रोमाञ्चक खेलमा सहआयोजक अमेरिका र बेल्जियम आमनेसामने हुनेछन्। प्रिक्वाटरफाइनलको अन्तिम दिन उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विट्जरल्यान्ड र कोलम्बियाबीच पनि क्वाटरफाइनल प्रवेशका लागि कडा भिडन्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार