Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

हजुरको आज सोमबारको दिन कस्तो छ? रासिफल हेरौं। शुक्रबारदेखि सुरु भएको सूर्य उपासनाको महापर्व छठ आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न भएको छ।

छठ पर्वको अन्तिम दिन आज बिहानैदेखि व्रतालुहरू छठघाट, नदी, पोखरी तथा जलाशयमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। सूर्यदेव र छठी माताको पूजा–आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरिएको छ।

यसअघि छठ पर्वको मुख्य दिन आइतबार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वमा निष्ठापूर्वक व्रत बसेर सूर्यको उपासना गर्ने धार्मिक परम्परा रहेको छ।

काठमाडौंको कमलपोखरीलगायत विभिन्न स्थानका छठघाटमा भक्तजनहरूको उल्लेख्य सहभागितासहित छठ पर्व मनाइएको छ। त्यसैगरी तराई–मधेशका विभिन्न जिल्लासहित देशका अन्य स्थानमा पनि श्रद्धा र भक्तिपूर्वक छठ पूजा गरिएको छ।

प्रकृति र सूर्यप्रति कृतज्ञता व्यक्त गर्ने यस पर्वमा सूर्यलाई जीवन, ऊर्जा र शक्तिको स्रोतका रूपमा पूजा गर्ने गरिन्छ। छठ पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक एकता तथा सांस्कृतिक परम्परालाई समेत जोड्दै आएको छ।

छठ पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार