नेपाल सम्वत् ११४६, तछलागाः ६ षष्ठी (२२ अषाढ, २०८३, ०६ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोविरुद्ध ३–१ को अग्रता बनाएको छ।
मेक्सिको सिटीस्थित अज्टेका स्टेडियममा जारी खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले ६०औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई दुई गोलको स्पष्ट अग्रता दिलाएका हुन्। जारेल क्वान्साह रातो कार्ड पाएपछि इंग्ल्यान्ड १० खेलाडीमा सीमित भए पनि टोलीले खेलमा नियन्त्रण कायम राखेको छ।
जारी विश्वकपमा केनको यो छैटौं गोल हो। उनले यसअघि समूह चरणमा क्रोएसियाविरुद्ध दुई, पानामाविरुद्ध एक तथा अन्तिम ३२ को खेलमा डीआर कंगोविरुद्ध दुई गोल गरेका थिए। विश्वकप इतिहासमा भने केनको गोल संख्या १४ पुगेको छ, जससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त पाँचौं स्थानमा पुगेका छन्।
खराब मौसमका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै आक्रामक प्रदर्शन गर्यो।
जुड बेलिङहमले ३६औँ मिनेटमा बुकायो साकाको क्रसलाई सदुपयोग गर्दै पहिलो गोल गरे। त्यसको एक मिनेटपछि नै कप्तान केनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले इंग्ल्यान्डलाई २–० को अवस्थामा पुर्याए।
मेक्सिकोले भने ४२औँ मिनेटमा जुलियन क्विनोनेसको गोलमार्फत खेलमा फर्कने संकेत दिएको थियो। क्विनोनेसको जारी विश्वकपमा यो चौथो गोल हो।
दोस्रो हाफको ४९औँ मिनेटमा निको ओ'रेलीको प्रहार पोस्टमा लागेर फर्किँदा इंग्ल्यान्डले अग्रता अझ फराकिलो बनाउने अवसर गुमायो।
५४औँ मिनेटमा इंग्ल्यान्डका जारेल क्वान्साहले मेक्सिकोका जेसस गालार्डोमाथि खतरनाक ट्याकल गरेपछि रेफ्रीले भिएआर समीक्षा गर्दै सिधै रातो कार्ड देखाए। त्यसपछि १० खेलाडीमा सीमित इंग्ल्यान्डले पनि उत्कृष्ट संयमता देखाउँदै ६०औँ मिनेटमा पेनाल्टीमार्फत केनको गोलबाट ३–१ को अग्रता बनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij