Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

अन्तिम ११ मिनेटमा खेल पल्टाउँदै नर्वेको ऐतिहासिक जित, ब्राजिलको विश्वकप यात्रा समाप्त

अन्तिम ११ मिनेटमा खेल पल्टाउँदै नर्वेको ऐतिहासिक जित, ब्राजिलको विश्वकप यात्रा समाप्त

नेपाल सम्वत् ११४६, तछलागाः ६ षष्ठी (२२ अषाढ, २०८३, ०६ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । स्टार फरवार्ड एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँचपटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सोमबार बिहान सम्पन्न अन्तिम १६ को खेलमा नर्वेले दोस्रो हाफको अन्तिम समयमा दुई गोल गर्दै ब्राजिललाई स्तब्ध बनाएको हो।

नर्वेका लागि दुवै गोल हालान्डले गरे। उनले खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको पासमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ९०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको जित सुनिश्चित गरे।

दुई गोलले पछि परेको ब्राजिलले दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीलाई नेइमारले सदुपयोग गर्दै एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

यो जितसँगै नर्वेले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ भने पाँचपटकको विश्वकप विजेता ब्राजिलको उपाधि यात्रा अन्तिम १६ मै टुंगिएको छ।

हालान्डको निर्णायक प्रदर्शनले नर्वेलाई पहिलो पटक विश्वकपको अन्तिम आठमा पुर्‍याउने ऐतिहासिक उपलब्धि दिलाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार