Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

नयाँ राहदानी प्रणाली लागू हुँदै, असार २३ पछि दोलखामा राहदानी सेवा अस्थायी रूपमा बन्द

नयाँ राहदानी प्रणाली लागू हुँदै, असार २३ पछि दोलखामा राहदानी सेवा अस्थायी रूपमा बन्द

नेपाल सम्वत् ११४६, तछलागाः ७ सप्तमी (२३ अषाढ, २०८३, ०७ जुलाई, २०२६) मंगलबार, बाँपिझ्याला । जिल्ला प्रशासन कार्यालय दोलखाले राहदानी सेवा सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै नयाँ राहदानी प्रणाली कार्यान्वयनका कारण असार २३ गतेपछि राहदानी सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ।

कार्यालयले राहदानी विभाग, त्रिपुरेश्वर काठमाडौंको मिति २०८३ असार १९ गतेको निर्देशनका आधारमा सूचना जारी गरेको हो। विभागले २०८३ असार २२ गतेदेखि नयाँ राहदानी प्रणाली (New Passport System) लागू गर्ने तयारी गरेसँगै देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिने राहदानी सेवामा अस्थायी अवरोध आउने भएको हो।

सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय दोलखाबाट उपलब्ध गराइँदै आएको राहदानी सम्बन्धी सम्पूर्ण सेवा २०८३ असार २३ गतेदेखि अर्को सूचना जारी नभएसम्म स्थगित रहने कार्यालयले जनाएको छ। नयाँ प्रणाली स्थापना तथा प्राविधिक व्यवस्थापनको काम सम्पन्न नभएसम्म सेवा सञ्चालन गर्न नसकिने भएकाले सेवाग्राहीलाई समयमै जानकारी गराइएको हो।

कार्यालयले राहदानी बनाउन, नवीकरण गर्न वा अन्य राहदानीसम्बन्धी सेवा लिनुपर्ने सेवाग्राहीलाई आवश्यक काम सकेसम्म असार २३ अगावै सम्पन्न गर्न आग्रह गरेको छ। सेवा बन्द रहने अवधिमा राहदानी सम्बन्धी कुनै पनि नयाँ आवेदन, नवीकरण वा अन्य प्रक्रिया सञ्चालन नहुने स्पष्ट पारिएको छ।

राहदानी विभागले सेवा वितरणलाई थप सुरक्षित, छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ प्रणाली लागू गर्न लागेको जनाइएको छ। प्रणाली परिवर्तनका क्रममा आवश्यक प्राविधिक परीक्षण र डाटा स्थानान्तरणका कारण केही समय सेवा स्थगित गर्नुपरेको हो।

जिल्ला प्रशासन कार्यालय दोलखाले राहदानी सेवा पुनः सञ्चालन हुने मिति राहदानी विभागबाट प्राप्त हुने निर्देशनअनुसार सार्वजनिक गरिने जनाएको छ। साथै सेवा सम्बन्धी थप जानकारी वा जिज्ञासा भए ०४९–४२१९०६, ९८१९९२५४३० र ९८५०३९६९६४ नम्बरमा सम्पर्क गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ।

उक्त सूचना जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत बालकृष्ण थापाद्वारा जारी गरिएको हो।

notice-DHQ.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार