Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री बालेन पोखरा पुगे

निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री बालेन पोखरा पुगे

निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार पोखरा आइपुगेका छन्।

प्रधानमन्त्री शाह निजी गाडीमा शुक्रबार दिउँसो पोखरा आइपुगेका हुन्। उनी आज पोखरानजिकै अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रधानमन्त्रीको बसाइलाई मध्यनजर गर्दै रिसोर्ट तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

निजी भ्रमणका क्रममा प्रधानमन्त्री शाह मुस्ताङ जाने तयारीमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार