Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

अमेरिकी गायिका जेसिका लिन नेपाली कलाकारसँग सांगीतिक सहकार्यका लागि नेपाल आउँदै

अमेरिकी गायिका जेसिका लिन नेपाली कलाकारसँग सांगीतिक सहकार्यका लागि नेपाल आउँदै

अमेरिकी गायिका तथा गीतकार जेसिका लिन नेपाली कलाकारसँग विशेष सांगीतिक सहकार्य र प्रत्यक्ष प्रस्तुति दिन नेपाल आउने भएकी छन्।

अमेरिकी दूतावासका अनुसार लिन ‘आट्र्स एन्ड म्युजिक एन्भोय प्रोग्राम’ अन्तर्गत नेपाल आउन लागेकी हुन्। नेपाल भ्रमणका क्रममा उनले नेपाली कलाकारसँग एउटै मञ्चमा प्रस्तुति दिनेछिन्।

कार्यक्रममा लिनको विशेष पहिचान बनेको कन्ट्री–रक संगीतलाई नेपालको समृद्ध सांगीतिक परम्परासँग संयोजन गरिने दूतावासले जनाएको छ।

व्यावसायिक अनुभव आदानप्रदान र प्रत्यक्ष सांगीतिक प्रस्तुतिलाई जोड्ने उक्त कार्यक्रमले नेपालको विस्तार हुँदै गएको सिर्जनात्मक अर्थतन्त्रलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, यसले नेपाली तथा अमेरिकी कलाकारबीच सहकार्यलाई बलियो बनाउँदै दुई देशबीच अर्थपूर्ण व्यावसायिक सम्बन्ध निर्माणमा योगदान गर्ने दूतावासको भनाइ छ।

कार्यक्रममा सहभागी हुन इच्छुकले निःशुल्क दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया, कार्यक्रमको मिति, स्थान तथा कन्सर्टसम्बन्धी विस्तृत जानकारी पछि सार्वजनिक गरिने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार