Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

जाजरकोटमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोटमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु, ६ जना घाइते

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ९ नवमी (५ भाद्र २०८३, २१ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बिहीबार साँझ करिब ६ः३० बजे डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत नलगाड नगरपालिका–९ ताँत्राबाट दल्लीतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएका थिए। उनलाई नगर अस्पताल दल्लीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रिफर गरिएको थियो। तर अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिनुभयो।

दुर्घटनामा नलगाड नगरपालिका–१० का गणेश ध्यार (२६), मानबहादुर बोहरा (२६), सम्झना गहतरा (४०), राजेन्द्र ध्यार (३०), रत्नाकुमारी बोहरा (५२) र निखिल सुनार (१६) घाइते भएका छन्। उनीहरूको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले जिप चालक नलगाड नगरपालिका–८ हलचौरका २४ वर्षीय विनोद विकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार