नेपाल सम्वत् ११४६, तछलागाः ८ अष्ठमी (२४ अषाढ, २०८३, ०८ जुलाई, २०२६) बुधबार, बाँपिझ्याला । स्वीट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।
क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज सम्पन्न अन्तिम १६ अन्तर्गतको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरीमा टुंगिएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लागेको थियो।
पेनाल्टी सुटआउटमा स्वीट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे। म्यानुअल अकांजीको प्रहार भने लक्ष्यमा पुग्न सकेन।
यता कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे पनि डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा टोली प्रतियोगिताबाट बाहिरियो।
यस जितसँगै स्वीट्जरल्यान्डले विश्वकप–२०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ। साथै, यस खेलसँगै प्रतियोगिताको अन्तिम १६ चरणका सबै खेल सम्पन्न भएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij