Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

एमबाप्पे–डेम्बेले चम्किए, मोरक्कोलाई हराउँदै फ्रान्स लगातार तेस्रोपटक विश्वकप सेमिफाइनलमा

एमबाप्पे–डेम्बेले चम्किए, मोरक्कोलाई हराउँदै फ्रान्स लगातार तेस्रोपटक विश्वकप सेमिफाइनलमा

नेपाल सम्वत् ११४६, तछलागाः १० एकादशी (२६ अषाढ, २०८३, १० जुलाई, २०२६) शुक्रबार, बाँपिझ्याला । कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले मोरक्कोलाई २–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित हात पारेको हो। पहिलो हाफमा पेनाल्टीको अवसर पाए पनि एमबाप्पे गोल गर्न असफल भएका थिए। तर दोस्रो हाफमा उनले आफ्नो गल्ती सच्याउँदै टोलीलाई अग्रता दिलाए र अर्को गोलका लागि उत्कृष्ट पास पनि उपलब्ध गराए।

खेलको ६०औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई १–० को अग्रता दिलाएका थिए। त्यसको केवल छ मिनेटपछि अर्थात् ६६औँ मिनेटमा एमबाप्पेको पासलाई उस्मान डेम्बेलेले सदुपयोग गर्दै गोल गरेपछि फ्रान्सले २–० को बलियो अग्रता बनायो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा फ्रान्स विजयी बन्यो।

यस जितसँगै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। फ्रान्सले सन् २०१८ मा विश्वकप उपाधि जितेको थियो भने २०२२ को संस्करणमा उपविजेतामा सीमित भएको थियो।

अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको क्वाटरफाइनल विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एमबाप्पेको नेतृत्वमा रहेको फ्रान्स उपाधि जित्ने प्रमुख दाबेदार टोलीका रूपमा अघि बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार