Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वेलाई २–१ ले हरायो

इङ्गल्याण्ड सेमिफाइनलमा, नर्वेलाई २–१ ले हरायो

नेपाल सम्वत् ११४६, तछलागाः १२ त्रयोदशी (२८ अषाढ, २०८३, १२ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । इङ्गल्याण्डले नर्वेलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान सम्पन्न क्वार्टरफाइनलमा जुड बेलिङघमको दुई गोलको मद्दतमा इङ्गल्याण्डले रोमाञ्चक जित दर्ता गरेको हो।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए। तर त्यसपछि जुड बेलिङघमले दुई गोल गर्दै इङ्गल्याण्डलाई पुनरागमन जित दिलाए।

यस जितसँगै इङ्गल्याण्ड आठ वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पहिलो पटक विश्वकपको क्वार्टरफाइनल खेलेको नर्वेको यात्रा अन्तिम आठमै टुंगिएको छ।

अब इङ्गल्याण्डले अर्जेन्टिना र स्विट्जरल्यान्डबीच जारी अन्तिम क्वार्टरफाइनलको विजेतासँग सेमिफाइनल खेल्नेछ। हाल जारी खेलमा अर्जेन्टिना सुरुआती अग्रतासहित प्रतिस्पर्धामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार