Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्डलाई ३–१ ले हरायो

साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्डलाई ३–१ ले हरायो

नेपाल सम्वत् ११४६, तछलागाः १२ त्रयोदशी (२८ अषाढ, २०८३, १२ जुलाई, २०२६) आईतबार, बाँपिझ्याला । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै अर्जेन्टिना सातौँपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो।

अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्दै लगातार दोस्रो विश्वकप उपाधितर्फको यात्रा कायम राखेको छ। यस जितसँगै अर्जेन्टिनाले सेमिफाइनलमा इङ्गल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकप उपाधिको प्रमुख दाबेदार मानिएको अर्जेन्टिना अब फाइनल पुग्ने लक्ष्यसहित सेमिफाइनलमा मैदान उत्रिनेछ।

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार