नेपाल सम्वत् ११४६, तछलागाः १३ चर्तुदशी (२९ अषाढ, २०८३, १३ जुलाई, २०२६) सोमबार, बाँपिझ्याला । चेक गणतन्त्रकी नवौँ वरीयताकी लिन्डा नोस्कोभाले विम्बल्डन २०२६ महिला एकल उपाधि जित्नुभएको छ। शनिबार राति भएको फाइनलमा उहाँले हमवतन कारोलिना मुचोभालाई ६–२, ५–७, ६–३ को सेटमा पराजित गर्दै करिअरकै पहिलो ग्रान्डस्लाम उपाधि जित्न सफल हुनुभयो।
नोस्कोभाले पहिलो सेट सहजै आफ्नो पक्षमा पारे पनि दोस्रो सेटमा ५–२ को अग्रता लिँदै पाँच म्याच प्वाइन्ट पाएर पनि त्यसको सदुपयोग गर्न सक्नुभएन। त्यसपछि मुचोभाले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो सेट ७–५ ले जितेर खेल बराबरी गर्नुभयो।
निर्णायक तेस्रो सेटमा भने नोस्कोभाले संयमित प्रदर्शन गर्दै अन्ततः छैटौँ म्याच प्वाइन्टमा सफलता हात पार्नुभयो र ऐतिहासिक उपाधि आफ्नो नाममा लेखाउनुभयो।
यस जितसँगै नोस्कोभा पछिल्ला चार वर्षमा विम्बल्डन जित्ने चेक गणतन्त्रकी तेस्रो महिला खेलाडी बन्नुभएको छ। यसअघि सन् २०२३ मा मार्केटा भन्ड्रोसोभा र सन् २०२४ मा बारबोरा क्रेज्चिकोभाले विम्बल्डनको उपाधि जित्नुभएको थियो।
विम्बल्डनको पहिलो ग्रान्डस्लाम उपाधिसँगै नोस्कोभाले ४८ लाख अमेरिकी डलर पुरस्कार पनि प्राप्त गर्नुभएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij