Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

इरानसँग वार्ता सुरु हुने ट्रम्पको घोषणा

इरानसँग वार्ता सुरु हुने ट्रम्पको घोषणा

नेपाल सम्वत् ११४६, दिल्लागाः ५ पञ्चमी (१८ साउन, २०८४, ३ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ चरणको वार्ता सोमबारदेखि सुरु हुने बताएका छन्। उनले इरानमाथि गर्न लागिएको "विशाल" सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरेर कूटनीतिक समाधानतर्फ अघि बढिएको दाबी गरेका हुन्।

राष्ट्रपति सवार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले सम्भावित आक्रमणको तयारीबारे जानकारी पाइसकेको र त्यसपछि वार्ताको वातावरण बनेको बताएका छन्। उनका अनुसार सोमबार दिउँसोदेखि दुवै पक्षबीच नयाँ चरणको संवाद सुरु हुनेछ।

यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मार्फत इरान र मध्यपूर्वमा रहेका अमेरिकी साझेदारहरूले सम्भावित आक्रमण रोक्न आग्रह गरेको तथा सम्झौताका मुख्य रूपरेखामा सहमति भइसकेको दाबी गरेका थिए।

यद्यपि ट्रम्पको पछिल्लो दाबीबारे इरानले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि पनि ट्रम्पले इरानसँगको तनाव वार्तामार्फत अन्त्यको नजिक पुगेको दाबी गरेका थिए, तर त्यसपछि दुवै पक्षबीच पुनः आक्रमण र प्रतिआक्रमणका घटना दोहोरिएका थिए।

ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। विश्लेषकहरूले वार्ता सफल भए मध्यपूर्वमा बढेको तनाव कम हुने र विश्व ऊर्जा बजारमा सकारात्मक प्रभाव पर्न सक्ने बताएका छन्। तर इरानको औपचारिक धारणा सार्वजनिक नभएसम्म वार्ताको भविष्यबारे स्पष्ट निष्कर्ष निकाल्न भने कठिन रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ। बिबिसी

 
 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार