Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

निर्देशक सुदर्शन थापाको ‘शुभ विवाह’ घोषणा, प्रदीप र सनिशा मुख्य भूमिकामा

निर्देशक सुदर्शन थापाको ‘शुभ विवाह’ घोषणा, प्रदीप र सनिशा मुख्य भूमिकामा

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १ प्रतिपदा (२८ साउन, २०८३, १३ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । निर्देशक सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म **‘शुभ विवाह’**को औपचारिक घोषणा गरिएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मका मुख्य कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण कम्पनी प्रियादर्शन फिल्म्सको समेत घोषणा गरिएको हो।

प्रियादर्शन फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। निर्देशक सुदर्शन थापा र प्रदीप खड्काले यसअघि सफल फिल्म **‘प्रेम गीत’**मा सहकार्य गरिसकेका छन् भने सनिशासँग उनीहरूको यो पहिलो सहकार्य हो।

फिल्ममा प्रदीप र सनिशासहित हरिहर शर्मा, वसुन्धरा भुसाल, सुनिशा बजगाईँ, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।

**‘शुभ विवाह’**को निर्माण सुप्रिया कटुवालले गर्नेछिन् भने साम भुजेल कार्यकारी निर्माता छन्। फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन्। पटकथा तथा संवाद रामशरण पाठकको रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्वसंगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन र विक्रम स्वारको नृत्य निर्देशन रहनेछ।

रोमान्टिक कथावस्तुमा आधारित फिल्मको छायांकन छिट्टै सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार