Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

भीमेश्वरमा पहिरो पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनेबारे अन्तरक्रिया

भीमेश्वरमा पहिरो पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनेबारे अन्तरक्रिया

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः २ द्वितिया (२९ साउन, २०८३, १४ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला ।  भीमेश्वर नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET) को समन्वयमा स्थानीय तथा समुदायमा आधारित पहिरो पूर्वसूचना प्रणाली (Landslide Early Warning System–LEWS) विकास गर्ने विषयमा अन्तरक्रियात्मक सह–सृजनात्मक (Co-creation) कार्यशाला आयोजना गरिएको छ।

२०८३ साल साउन २७ गते आयोजित कार्यशालामा CLR परियोजनाका उद्देश्य तथा हालसम्मको प्रगति, पहिरो नियन्त्रण तथा उत्पादनमा प्रभाव पार्ने विभिन्न कारक, थ्रेसहोल्ड तथा ट्रिगर, पूर्वसूचना प्रवाहका कार्यविधि (Early Warning Workflows), प्राथमिकताका सञ्चार माध्यम तथा जोखिम न्यूनीकरणका प्रारम्भिक कार्यहरूबारे प्रस्तुतीकरण गरिएको थियो।

कार्यशालाको मुख्य उद्देश्य स्थानीय आवश्यकता र समुदायको अनुभवलाई समेट्दै प्रभावकारी पूर्वसूचना प्रणाली निर्माणका लागि आवश्यक पक्ष पहिचान गर्नु रहेको थियो। कार्यक्रममा समुदायका सदस्य तथा स्थानीय सरकारका पदाधिकारीहरूले आगामी LEWS मा समावेश गर्नुपर्ने विषय, जोखिममा रहेका व्यक्तिसम्म पूर्वसूचना प्रभावकारी रूपमा पुर्‍याउने उपाय तथा उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सक्रिय छलफल र विचार आदान–प्रदान गरेका थिए।

कार्यशालामा नगरपालिकाका उपप्रमुख, वडा अध्यक्ष, विपद् सम्पर्क अधिकृत, विभिन्न शाखा तथा विभागका प्रतिनिधि र समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय परिवेशमा देखिएका पहिरोका जोखिम, विगतका अनुभव, सामाजिक अवस्था, सूचना प्रवाहका चुनौती तथा पूर्वसूचना प्रणालीप्रतिको आफ्ना अपेक्षा साझा गरेका थिए।

कार्यशालाले स्थानीय परिवेशअनुकूल, समावेशी, पहुँचयोग्य र व्यवहारमा कार्यान्वयन गर्न सकिने पूर्वसूचना प्रणाली निर्माणका लागि समुदायको अनुभव र स्थानीय ज्ञानलाई प्राविधिक ज्ञानसँग एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याएको छ। प्राविधिक ज्ञान र प्रविधि अत्यावश्यक भए पनि त्यसले मात्र प्रभावकारी पूर्वसूचना प्रणाली निर्माण गर्न नसक्ने र समुदायको सक्रिय सहभागिता तथा स्थानीय ज्ञानलाई समान रूपमा समेट्नुपर्ने निष्कर्षमा समेत जोड दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार