नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ५ पञ्चमी (१ भाद्र २०८३, १७ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । रोल्वालिङ यातायातले दोलखामा वातानुकूलित (एसी) सुविधासहितको आधुनिक विद्युतीय सवारीसाधन (ईभी) सञ्चालनमा ल्याएको छ।
नयाँ ईभीको औपचारिक उद्घाटन भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले रिबन काटेर गरेका हुन्।
यातायात सेवामा आधुनिक प्रविधि र यात्रुको सुविधालाई प्राथमिकता दिँदै रोल्वालिङ यातायातले एसीसहितको ईभी सञ्चालनमा ल्याएको जनाएको छ। नयाँ सवारीसाधन सञ्चालनमा आएपछि दोलखामा सार्वजनिक यातायातको सेवा थप सहज, आरामदायी र वातावरणमैत्री हुने अपेक्षा गरिएको छ।
विद्युतीय सवारीसाधनको प्रयोगले परम्परागत इन्धनमा आधारित सवारीसाधनको तुलनामा प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला दोलखामा पनि आधुनिक ईभी भित्रिनुलाई सार्वजनिक यातायातको क्षेत्रमा सकारात्मक कदमका रूपमा हेरिएको छ।
रिबन काटेर ईभी उद्घाटन गर्दै नगर प्रमुख मानन्धरले आधुनिक तथा वातावरणमैत्री यातायात सेवाको विस्तारले स्थानीय नागरिक तथा यात्रुलाई प्रत्यक्ष लाभ पुग्ने बताए।
रोल्वालिङ यातायातले आगामी दिनमा यात्रुको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै सेवा विस्तार तथा स्तरोन्नति गर्दै लैजाने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij