Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

नेवा सौन्दर्य प्रतियोगिताको ताज तिशा शाक्यलाई

नेवा सौन्दर्य प्रतियोगिताको ताज तिशा शाक्यलाई

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः १२, द्वादसी (८ भाद्र २०८३, २४ अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला ।  काठमाडौंमा सम्पन्न १९औँ संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४६ को उपाधि ललितपुरको पाटनकी तिशा शाक्य ले जितेकी छन्।

फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको संयुक्त आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै तिशाले प्रमुख उपाधि जितेकी हुन्। उपाधिसँगै उनले नगद एक लाख रुपैयाँ प्राप्त गरिन्। तिशाले मुख्य ताजसँगै गोदावरी नगरपालिका बेस्ट नेपालभाषा उपाधि पनि जित्दै थप १० हजार रुपैयाँ पुरस्कार हात पारिन्।

tisha1.gif

प्रतियोगितामा सारिका महर्जन फस्ट रनर्सअप तथा जेसिका श्रेष्ठ सेकेन्ड रनर्सअप घोषित भए। फस्ट रनर्सअप सारिकाले ५० हजार रुपैयाँ र सेकेन्ड रनर्सअप जेसिकाले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख तथा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न विधाका उपाधिसमेत प्रदान गरिएको थियो। सबनम शाक्य मिस ट्यालेन्ट घोषित भइन् भने हिमानी प्रधान मिस ट्यालेन्ट फस्ट रनर्सअप र करुणा चक्रधर मिस ट्यालेन्ट सेकेन्ड रनर्सअप बनिन्।

यसैगरी, करुणा चक्रधर र शिक्षा महर्जन सोसियल वेलफेयर एम्बेसडर चिफ घोषित भए। उक्त विधामा सारिका महर्जन फस्ट रनर्सअप तथा दृष्टि महर्जन सेकेन्ड रनर्सअप बने।

अन्य उपाधिहरूतर्फ दुर्गा देउला मिस डिसिप्लिन, हिमानी प्रधान मिस पब्लिक च्वाइस, प्रिस्टिन अवाले बेस्ट ड्रेस, शिक्षा महर्जन कञ्चनजंघा अगरबत्ती मिस कल्चर, निश्ला महर्जन बेलाभिटा मिस पर्सनालिटी, कलशा अवाले श्री केश बेस्ट हेयर, दृष्टि महर्जन बेस्ट स्किन, सारिका महर्जन मिस फोटोजेनिक, अनुष्का नाकर्मी मिस स्माइल, सोनिया महर्जन मिस चार्मिङ तथा रेजिना बज्राचार्य मिस फ्रेन्डसिप घोषित भए।

नमुना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्रिन्सिपल तथा फेसन डिजाइनर ज्ञानी शोभा तुलाधर प्रमुख निर्णायक रहेको प्रतियोगितामा अधिवक्ता लक्ष्मण महर्जन, जीवेश्वरलाल श्रेष्ठ, अनिल स्थापित, रोहन श्रेष्ठ, स्वरूपा श्रेष्ठ र प्रा. दिव्यलक्ष्मी बज्राचार्य निर्णायकको भूमिकामा रहेका थिए।

फाइट फर लाइफ नेपालकी वरिष्ठ सल्लाहकार तथा नेपाल क्यान्सर रिलिफ सोसाइटी काठमाडौं शाखाकी उपाध्यक्ष प्रा. डा. विमला शाक्य को अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर ले नेवा समुदायको भाषा, संस्कृति, कला तथा सामाजिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले मिस नेवाः नेपाल आयोजना गर्दै आएको बताइन्।

उनका अनुसार प्रतियोगितामा सौन्दर्यसँगै प्रतिभा, व्यक्तित्व, अनुशासन, नेपालभाषा, आत्मविश्वास तथा सामाजिक उत्तरदायित्वका विविध पक्षलाई मूल्याङ्कन गरिँदै आएको छ।

कार्यक्रम रोजिन शाक्य को कोरियोग्राफी तथा सञ्चालन, मिस नेवाः प्रलिशा शाक्य र मिस नेवाः सोसियल वेलफेयर एम्बासडर चिफ तिमिला महर्जन को सह–संयोजन तथा सकिना महर्जन र कृषा महर्जन को संयोजनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार