नेपाल सम्वत् ११४७, कछलाथ्वः ४, चौथी (२७ कार्तिक २०८३, १३ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । सरकारले छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २०८३ साल कात्तिक ३० गते सोमबारका दिन सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा सोमबारसमेत सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ।
सरकारको यस निर्णयसँगै आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij