नेपाल सम्वत् ११४७, कछलाथ्वः ४, चौथी (२७ कार्तिक २०८३, १३ नोभेम्वर, २०२६) शुक्रवार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको पार्टीका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायतका विषयमा अनुभव आदानप्रदान र छलफल हुने जनाइएको छ।
रास्वपाले यस भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ। पार्टीका प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिमा भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल हुने उल्लेख गरिएको छ।
चीन भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलमा महामन्त्री आचार्यसहित सांसदहरू गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन्।
२० सदस्यीय प्रतिनिधिमण्डलको भ्रमणले नेपाल र चीनबीच राजनीतिक संवाद, अनुभव आदानप्रदान तथा विकासका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij