Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

चीनका प्रधानमन्त्री लि क्वाङ बाढी प्रभावित क्षेत्रको निरीक्षणमा, करिब १०० चिनियाँ नागरिक नेपालतर्फ बेपत्ता

चीनका प्रधानमन्त्री लि क्वाङ बाढी प्रभावित क्षेत्रको निरीक्षणमा, करिब १०० चिनियाँ नागरिक नेपालतर्फ बेपत्ता

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४, चतुर्थी (१० भाद्र २०८३, २५ अगष्ठ २०२६) बिहीबार, बाँपिझ्याला । रसुवा–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपछि चीनका प्रधानमन्त्री लि क्वाङ बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि घटनास्थल पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार प्रधानमन्त्री लि आज प्रभावित क्षेत्रको भ्रमणमा पुगेका हुन्।

बुधबार आएको भीषण बाढी र पहिरोका कारण नेपाल–चीन सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान ले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालतर्फको प्रभावित क्षेत्रमा करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका छन्।

चीनले सार्वजनिक गरेको विवरणअनुसार चीनतर्फ बिहीबार बिहान ८ बजेसम्म ३ जनाको मृत्यु, ५५८ जना बेपत्ता तथा २ जना स्थानीय गाउँलेको उद्धार गरिएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको चिनियाँ पक्षले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा चीनले ठूलो संख्यामा उद्धारकर्मी, सुरक्षाकर्मी तथा आपत्कालीन सहायता टोली परिचालन गरेको छ। प्रधानमन्त्री लिको भ्रमणलाई उद्धार तथा राहत कार्यको अनुगमन र प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने प्रयासका रूपमा हेरिएको छ।

नेपालतर्फ पनि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म त्रिशूली नदी तटीय क्षेत्रमा बाढीको प्रभाव देखिएको छ भने खोज तथा उद्धार कार्य जारी रहेको छ। सीमावर्ती क्षेत्रमा बेपत्ता नागरिकहरूको अवस्था र क्षतिको विस्तृत विवरण अझै संकलन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार