Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

रसुवा बाढीपीडितका लागि कोर्छेका रामेश्वर श्रेष्ठ परिवारद्वारा ५० हजार सहयोग

रसुवा बाढीपीडितका लागि कोर्छेका रामेश्वर श्रेष्ठ परिवारद्वारा ५० हजार सहयोग

नेपाल सम्वत् ११४६, गुंल्लागाः ६, षष्ठी (१८ भाद्र २०८३, ३ सेप्टेम्वर २०२६) बिहीबार, बाँपिझ्याला । रसुवा जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै दोलखाको भीमेश्वर नगरपालिका–२, कोर्छे निवासी रामेश्वर श्रेष्ठ, पार्वती श्रेष्ठ तथा समस्त श्रेष्ठ परिवारले राहत सहयोग प्रदान गरेका छन्।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारहरूलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले श्रेष्ठ परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० हजार सहयोग रकम जम्मा गरेको जनाएको छ।

श्रेष्ठ परिवारले बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

विपद्को यस कठिन घडीमा सबै नागरिकले एकआपसमा सहयोग र सद्भाव कायम राख्दै पीडित परिवारहरूको साथमा उभिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै श्रेष्ठ परिवारले प्रभावित क्षेत्रका नागरिकलाई धैर्य र साहसका साथ परिस्थितिको सामना गर्न शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार