Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भोटेकोशी बाढीपीडितको राहत–उद्धारमा सहयोग गर्ने ग्रामीण विकास टुकी संघको प्रतिबद्धता

भोटेकोशी बाढीपीडितको राहत–उद्धारमा सहयोग गर्ने ग्रामीण विकास टुकी संघको प्रतिबद्धता

नेपाल सम्वत् ११४६, गुंल्लागाः ६, षष्ठी (१८ भाद्र २०८३, ३ सेप्टेम्वर २०२६) बिहीबार, बाँपिझ्याला । ग्रामीण विकास टुकी संघ (RDTA), दोलखाले भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको राहत तथा उद्धारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संघले २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लामा व्यापक जनधनको क्षति भएको जनाएको छ। प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संघले शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

साथै, बाढीबाट घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन संघ प्रतिबद्ध रहेको जनाएको छ।

संघका अनुसार विगतमा विनाशकारी भूकम्प र कोभिड–१९ महामारीका समयमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै यस विपद्को घडीमा प्रभावित समुदायको साथमा उभिने प्रयास गरिनेछ।

संघका अध्यक्ष जय प्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को समयमा आफ्नो क्षमताले भ्याएसम्म मानवीय तथा प्राविधिक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

ग्रामीण विकास टुकी संघ, दोलखाले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ।

rdta.gif
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार