नेपाल सम्वत् ११४६, गुंल्लागाः ६, षष्ठी (१८ भाद्र २०८३, ३ सेप्टेम्वर २०२६) बिहीबार, बाँपिझ्याला । रसुवा भोटेकोसीसहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ हजार २५२ जनाको शव तथा मानव अंग फेला परेको हो।
प्राधिकरणका अनुसार रसुवामा १२७, तनहुँमा ३८, नुवाकोटमा १७७, नवलपरासी (पूर्व) मा २१८, धादिङमा ६०, नवलपरासी (पश्चिम) मा २०८, गोरखामा ६९ र चितवनमा ३५५ जनाको शव तथा मानव अंग भेटिएको छ।
बाढी प्रभावित क्षेत्रमा अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीदेखि स्थानीय बासिन्दा, विदेशी नागरिक, पर्यटकसँगै गएका नेपाली तथा जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिसमेत रहेका छन्।
सम्पर्कविहीन हुनेमा ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १३ जना सशस्त्र प्रहरी, १४ जना भन्सार कार्यालयका कर्मचारी र तीन जना अध्यागमन कार्यालयका कर्मचारी रहेका छन्।
त्यस्तै, रसुवाका ८६५, नुवाकोटका १ हजार ५५८, विदेशी नागरिक ८८३, विदेशी पर्यटकसँगै गएका नेपाली १६४ तथा जलविद्युत् आयोजनामा कार्यरत ९०० जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
यसैगरी, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टाइन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह वा मातहतका कर्मचारी ३२ तथा निजी विद्यालयका एक शिक्षकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढी तथा पहिरोबाट घाइते भएका ५ हजार १३५ जनाको हालसम्म उपचार गरिएको छ। प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
उद्धार तथा राहत कार्यलाई तीव्रता दिन बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हाल २१ हजार ४०२ जना सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका छन्। परिचालित सुरक्षाकर्मीमध्ये ७ हजार ९१२ जना नेपाल प्रहरी, ९ हजार २८७ जना नेपाली सेना र ४ हजार २०३ जना सशस्त्र प्रहरी रहेका छन्।
विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ९४८ जना रहेका छन्। बाढीबाट प्रभावित तथा उद्धार गरिएका नागरिकको व्यवस्थापन, खोज तथा उद्धार र राहत वितरण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij