नेपाल सम्वत् ११४६, गुंल्लागाः १०, दशमी (२१ भाद्र २०८३, ०६, सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । दोलखाको बिगु गाउँपालिका–४ मा स्थानीय कृषि उत्पादनलाई व्यवस्थित रूपमा बजारीकरण गर्ने उद्देश्यले वडास्तरीय कृषि बजारीकरण समिति गठन गरिएको छ।
वडा अध्यक्ष रामचन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले कृषकले उत्पादन गरेका कृषि उपजलाई उचित बजारसम्म पुर्याउने, स्थानीय उत्पादनको बजारीकरणलाई व्यवस्थित बनाउने तथा कृषकलाई उत्पादनसँगै बजारको सुनिश्चितता दिलाउने उद्देश्यले समिति गठन गरेको हो।
गठित समितिको अध्यक्षमा रामचन्द्र खड्का र उपाध्यक्षमा मन्दिरा सोडारी रहनुभएको छ। त्यस्तै, सदस्यहरूमा ऋषि शर्मा, तुलाराज तामाङ, विपन्न ओली, हेमलाल तामाङ, टेकमान तामाङ, नीरप्रसाद ओली, दिपेश ठकुरी र सुन्तली तामाङ रहनुभएको छ। समितिको सदस्य–सचिवमा पेमडोमा शेर्पा चयन हुनुभएको छ।
स्थानीयस्तरमा कृषि उत्पादन बढ्दै गए पनि उचित बजार, मूल्य निर्धारण, ढुवानी तथा उत्पादित वस्तुको बिक्री वितरणमा कृषकहरूले विभिन्न समस्या भोग्दै आएका छन्। यस्तो अवस्थामा वडास्तरीय कृषि बजारीकरण समिति गठनले कृषक र बजारबीच समन्वय कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समितिले वडाभित्र उत्पादन हुने तरकारी, फलफूल, अन्नबाली तथा अन्य कृषि उपजको पहिचान र बजारीकरणमा सहजीकरण गर्नेछ। साथै, कृषकलाई बजारको मागअनुसार उत्पादन गर्न प्रोत्साहित गर्ने, उत्पादनको उचित मूल्य प्राप्त गर्न सहयोग गर्ने तथा स्थानीय उत्पादनलाई बाह्य बजारसम्म पुर्याउन आवश्यक समन्वय गर्ने उद्देश्यसमेत राखिएको छ।
कृषि क्षेत्रमा उत्पादन बढे पनि बजारको अभावका कारण कृषकले आफ्नो उत्पादन उचित मूल्यमा बिक्री गर्न नसक्ने अवस्था अन्त्य गर्न समिति प्रभावकारी बन्नुपर्ने स्थानीयको अपेक्षा छ। उत्पादित कृषि सामग्रीको संकलन, वर्गीकरण, भण्डारण, ढुवानी तथा बिक्री वितरणका लागि आवश्यक पहल गर्न सकेमा यसबाट कृषकको आम्दानी वृद्धि हुनुका साथै वडाको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
वडास्तरीय समितिले स्थानीय कृषक, कृषि समूह, सहकारी, व्यवसायी तथा सम्बन्धित निकायबीच समन्वय गर्दै कृषि उत्पादनलाई बजारसँग जोड्ने र कृषकलाई उत्पादनको उचित प्रतिफल दिलाउने वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।
यसबाट बिगु–४ मा परम्परागत रूपमा हुँदै आएको कृषि प्रणालीलाई क्रमशः व्यावसायिक तथा बजारमुखी कृषितर्फ रूपान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
केदार खत्री, दोलखा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij