नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा –११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । सल्यानको कपुरकोटबाट चार महिनाको अवधिमा साढे २३ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बाहिरी जिल्लामा निर्यात भएको छ। बेमौसमी तरकारी खेतीका लागि देशभर परिचित कपुरकोट गाउँपालिकाबाट जेठदेखि भदौसम्म २३ करोड ६९ लाख ४ हजार १७५ रुपैयाँ बराबरको कृषि उपज निकासी भएको हो।
कृषि उपज बजार केन्द्र कपुरकोटका अनुसार उक्त अवधिमा ५७ लाख ५६ हजार २६६ किलो ताजा तरकारी, ६४ हजार ८१० किलो अदुवा र २५ हजार ९२५ किलो फलफूल बिक्री तथा निकासी भएको छ।
बजार केन्द्रका अध्यक्ष तिलक शर्माका अनुसार कपुरकोटमा हरेक वर्ष जेठदेखि सुरु हुने मुख्य कृषि बजार सिजन कात्तिक/मङ्सिरसम्म चल्ने गर्छ। यस अवधिमा कपुरकोट मुख्य हाटबजार तथा विभिन्न सहायक सङ्कलन केन्द्रमार्फत करोडौँ रुपैयाँ बराबरको कृषि उपज बाहिरी जिल्लामा जाने गरेको उनले बताए।
चार महिनामा सबैभन्दा धेरै कारोबार बेमौसमी टमाटरको भएको छ। यस अवधिमा ३२ लाख ४८ हजार ७३५ किलो टमाटर निकासी हुँदा किसानले ११ करोड ४१ लाख १३ हजार १२ रुपैयाँ आम्दानी गरेका छन्।
त्यसैगरी, काउली दोस्रो धेरै कारोबार हुने कृषि उपज बनेको छ। चार महिनामा ७ लाख ६९ हजार ३१२ किलो काउली बिक्रीबाट किसानले ३ करोड ९५ लाख ९ हजार ५१३ रुपैयाँ प्राप्त गरेका छन्।
कपुरकोटका किसानले बेमौसमी तरकारी उत्पादनलाई आम्दानीको प्रमुख स्रोतका रूपमा विकास गर्दै आएका छन्। बजार केन्द्रमार्फत ठूलो परिमाणमा तरकारी तथा फलफूल बाहिरी जिल्लामा निकासी हुन थालेपछि स्थानीय कृषि उत्पादनले बजार विस्तारसँगै किसानको आयआर्जनमा समेत योगदान पुर्याउँदै आएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij