Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

कृषक पाठशालामा ११औँ कक्षा, काउली बालीको अवलोकन र रोग–किरा व्यवस्थापनमा जोड

कृषक पाठशालामा ११औँ कक्षा, काउली बालीको अवलोकन र रोग–किरा व्यवस्थापनमा जोड

नेपाल सम्वत् ११४७, कौलागाः ११, एकादशी (१९ कार्तिक २०८३, ५ नोभेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । विगु गाउँपालिका–८, खोपाचागुमा सञ्चालित आइपिएम कृषक पाठशालाको ११औँ कक्षा २०८३ कात्तिक १८ गते सम्पन्न भएको छ।

कक्षामा २७ जना कृषकको सहभागिता रहेको थियो। सहभागी कृषकहरूले अघिल्लो कक्षा तथा उपसमूहमा भएका गतिविधिबारे प्रस्तुतीकरण गर्नुका साथै काउली बालीको अवस्था, बिरुवा विश्लेषण, रोग–किराको पहिचान तथा व्यवस्थापनका उपायबारे व्यावहारिक अभ्यास गरेका थिए।

कक्षाका क्रममा छनोट गरिएका नमुना बिरुवाको उचाइ, पातको सङ्ख्या, बिरुवाले ढाकेको क्षेत्रफल, गोलाइ तथा डाँठको मोटाइ मापन गरी विश्लेषण गरिएको थियो। साथै, बाली तथा बगैँचामा देखिने रोग–किराको पहिचान गरी तिनको व्यवस्थापनका उपायबारे कृषकलाई जानकारी गराइएको थियो।

कक्षाको सहजीकरण पाठशालाका सहजकर्ता कविता बस्नेत र शर्मिला श्रेष्ठले गर्नुभएको थियो। काउली बारीको राम्रो अवस्थाले कृषकहरूमा उत्साह, आत्मविश्वास र खुसी बढाएको सहजकर्ता शर्मिला श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार बालीको नियमित अवलोकन, रोग–किराको समयमै पहिचान र उचित व्यवस्थापनले उत्पादन सुधारमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँछ।

कक्षाको व्यवस्थापन टुकी–सिविन स्रोत केन्द्रकी कृषि प्राविधिक सन्तोषी शिवाकोटीले गर्नुभएको थियो।

रामचन्द्र श्रेष्ठ, कृषि विज्ञ, टुकी संघ, दोलखा ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार