Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

बाढीपहिरोमा ज्यान गुमाएकाहरूको स्मृतिमा दोलखाको पाखलतिमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

बाढीपहिरोमा ज्यान गुमाएकाहरूको स्मृतिमा दोलखाको पाखलतिमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा

नेपाल सम्वत् ११४६, गुंल्लागाः ११, एकादशी (२२ भाद्र २०८३, ०७, सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोमा परी अकालमै ज्यान गुमाएका नागरिकहरूको १३औँ दिनको पुण्यतिथिको अवसरमा दोलखाको पाखलतिमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।

भीमेश्वर नगरपालिका–२ स्थित पाखलति चोकमा स्थानीय युवा तथा आम नागरिकहरू एकजुट भई दिवंगतहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली सभा गरेका हुन्।

विपद्को यस दुःखद् घडीमा बाढीपहिरोमा परी ज्यान गुमाएका नागरिकहरूको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै कार्यक्रममा एक मिनेट मौनधारणसमेत गरिएको थियो। सहभागीहरूले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीय युवाहरूले विपद्का कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूको सम्झना र सम्मानमा सामूहिक रूपमा दीप प्रज्वलन गरिएको बताएका छन्। दुःखको समयमा समाजलाई एकताबद्ध गर्दै पीडित परिवारप्रति साथ, सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नु कार्यक्रमको उद्देश्य रहेको उनीहरूको भनाइ छ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जोडिएका देश तथा विदेशमा रहेका नागरिकहरूलाई समेत बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकहरूको आत्माको चिरशान्तिका लागि प्रार्थना तथा श्रद्धाञ्जली अर्पण गरिदिन स्थानीय युवा तथा नागरिकहरूले आग्रह गरेका छन्।

दीप प्रज्वलनमार्फत दिवंगतहरूको सम्झना गर्दै पाखलतिमा गरिएको श्रद्धाञ्जली कार्यक्रमले विपद्को पीडामा रहेका परिवारप्रति मानवीय संवेदना, सामाजिक एकता र सहानुभूतिको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार