नेपाल सम्वत् ११४६, गुंल्लागाः १४, चतुर्दशी (२५ भाद्र २०८३, १० सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । एक्सन–थ्रिलर जनरामा निर्माण भएको नेपाली फिल्म ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ। निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको नयाँ गीत ‘राधा’ सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत रहेको छ भने गीतका शब्द रमेश देवकोटाले रचना गरेका हुन्। गीतको भिडियोमा अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन्। उनीहरूले भिडियोमा राधा–कृष्णको भूमिकामा अभिनय गरेका छन्। गीतको कोरियोग्राफी पुनम श्रेष्ठले गरेकी छन्।
अपराध, रहस्य, अपहरण, मानव तस्करी, हत्या तथा पारिवारिक सम्बन्धको कथावस्तुमा आधारित फिल्म मुभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण गरिएको हो। फिल्मका लेखक तथा निर्देशक सयनम अधिकारी हुन्।
फिल्ममा अनिलराज पौडेल, रोशनी कार्की, गजित बिष्ट, अञ्जन थापा, राजन अधिकारी, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित तथा विशाल पहारीलगायत कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौं, ललितपुर, भक्तपुरदेखि पर्साको ठोरीसम्मका विभिन्न स्थानमा छायांकन गरिएको फिल्ममा पवन सुस्लिङको छायांकन तथा सम्पादन, राजु लामा र मिस्टर काजीको द्वन्द्व निर्देशन, पुनम श्रेष्ठको कोरियोग्राफी तथा सम्राट न्यौपानेको संगीत रहेको छ।
फिल्मको ‘राधा’ गीत सार्वजनिक भएसँगै निर्माण टिमले प्रचार–प्रसारलाई तीव्र बनाएको छ। अपराध, रहस्य र पारिवारिक भावनाको मिश्रण रहेको ‘कालमाण्डू’लाई यस वर्षको प्रतीक्षित एक्सन–थ्रिलर फिल्मका रूपमा हेरिएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij