Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

एकैदिन सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घट्यो

एकैदिन सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घट्यो

नेपाल सम्वत् ११४६, गुंल्लागाः १५, औसी (२६ भाद्र २०८३, ११ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली बजारमा सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो साताको सुरुआती दिन आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ रहेको थियो । त्यसयता क्रमशः घट्दै शुक्रबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँमा झरेको हो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला २५५ रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ६ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ रहेको थियो । पछिल्लो मूल्य घटेसँगै साताको सुरुआतको तुलनामा चाँदी प्रतितोला १६५ रुपैयाँ सस्तो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार