Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

राष्ट्रपति पौडेलद्वारा तिज र राष्ट्रिय बालदिवसको शुभकामना

राष्ट्रपति पौडेलद्वारा तिज र राष्ट्रिय बालदिवसको शुभकामना

नेपाल सम्वत् ११४६, यंलाथ्वः ३, तृर्तिया (२९ भाद्र २०८३, १४ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । राष्ट्रपति रामचन्द्र पौडेलले हरितालिका (तिज) पर्व तथा राष्ट्रिय बालदिवस–२०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयले जारी गरेको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले हरितालिका (तिज) पर्वले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा, अन्याय तथा विभेदको अन्त्य गर्दै सभ्य, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने तिज पर्व नेपाली महिलाहरूको सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धताको महत्वपूर्ण प्रतीक रहेको उल्लेख गर्दै उहाँले नेपाली समाजका मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

त्यस्तै, राष्ट्रिय बालदिवस–२०८३ का अवसरमा जारी छुट्टै शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले बालबालिकाको अधिकार, संरक्षण र समग्र विकासका लागि सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले बालबालिकामाथि हुने सबै प्रकारका अमानवीय व्यवहार, हिंसा, दुर्व्यवहार, शोषण तथा विभेद रोक्नु राज्य, परिवार, समुदाय र सम्बन्धित सबै सरोकारवालाको दायित्व भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले बालबालिकालाई सुरक्षित, सम्मानजनक र अवसरयुक्त वातावरण प्रदान गर्दै उनीहरूको सर्वाङ्गीण विकास सुनिश्चित गर्न सबैको सहकार्य आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार