नेपाल सम्वत् ११४६, यंलाथ्वः ५, पञ्चमी (३१ भाद्र २०८३, १६ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । यमनका हुथी विद्रोहीले साउदी अरबको एफ–१५ लडाकू विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालिएको दाबी गरेका छन्।
हुथीका सैन्य प्रवक्ता याह्या सारीले बुधबार मारिब प्रान्तको हवाई क्षेत्रमा सञ्चालन गरिएको सैन्य कारबाहीका क्रममा उक्त विमान खसालिएको बताउनुभएको हो। सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा उहाँले यमनी सशस्त्र बलले विमानलाई सफलतापूर्वक निशाना बनाएको दाबी गर्नुभएको छ।
प्रवक्ता सारीले साउदी अरबले यमनमाथि हालसम्म ४५० वटा आक्रमण गरेको आरोपसमेत लगाउनुभएको छ। उहाँका अनुसार हुथीका सैन्य कारबाहीहरू साउदी अरबका तेल केन्द्र र सैन्य आधारहरूमा केन्द्रित रहेका छन्। साथै मक्का लगायतका इस्लाम धर्मका पवित्र स्थलहरूलाई कुनै पनि अवस्थामा लक्षित नगरिएको उहाँले स्पष्ट पार्नुभएको छ।
यमनमा जुलाई महिनादेखि हुथी विद्रोही र साउदी समर्थित सरकारी फौजबीच पुनः हिंसात्मक भिडन्त चर्किएको छ। पछिल्लो समय हुथीले साउदी अरबविरुद्ध समुद्री नाकाबन्दी घोषणा गर्दै लाल सागर क्षेत्रमा सञ्चालन हुने साउदी जहाजहरूलाई निशाना बनाउने चेतावनी दिएको छ।
हुथीले यमनको लाल सागर तटवर्ती क्षेत्र तथा रणनीतिक महत्वको बाब अल–मन्दब जलघाँटीमा आफ्नो नियन्त्रण रहेको दाबी पनि गरेको छ। यद्यपि, साउदी अरबले हुथीको एफ–१५ लडाकू विमान खसालिएको दाबीबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन।
रासस/एएफपी
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij