नेपाल सम्वत् ११४६, यंलाथ्वः ७, सप्तमी (२ असोज २०८३, १८ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । सङ्गीतकार टङ्क बुढाथोकीको पछिल्लो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा भइरहेको बहसबीच बालकलाकार अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
आफू अभिनित चलचित्र ‘पार्वती’ चौथो हप्तामा प्रवेश गरेको अवसरमा पूर्वी नेपालमा प्रचारप्रसारमा रहेका अशोकले सामाजिक सञ्जालमार्फत टङ्क बुढाथोकीलाई आफ्नो कर्म दिने बुवा, भगवान् र गुरु का रूपमा सम्मान गरेका छन्।
अशोकले टङ्क दाइ आफ्ना जन्म दिने बुवा नभए पनि जीवनमा अघि बढ्ने अवसर दिने व्यक्ति भएको बताएका छन्। उनले आफ्ना सन्तानलाई अभिभावकले सम्झाउन वा केही भन्न पाउने भन्दै टङ्क बुढाथोकीको अभिव्यक्तिलाई लिएर उहाँलाई गाली नगर्न सबैसँग आग्रह गरेका छन्।
“उहाँ मेरो जन्म दिने बुवा नभए पनि कर्म दिने बुवा हुनुहुन्छ। आफ्ना सन्तानलाई केही भन्न उहाँलाई छुट छ, उहाँलाई यति भन्ने अधिकार छ,” अशोकले भनेका छन्।
उनले आफू र टङ्क बुढाथोकी दुवैलाई सामाजिक सञ्जालमा गाली नगर्न अनुरोध गरेका छन्। साथै टङ्क दाइलाई आफ्नो चलचित्र ‘पार्वती’ हेरेर प्रतिक्रिया दिन पनि आग्रह गरेका छन्।
अशोकको सरल र भावुक प्रतिक्रियापछि सामाजिक सञ्जालमा उनको समर्थनमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij