Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

गणेशमानको आदर्शलाई कांग्रेसको संगठन र व्यवहारमा उतार्नुपर्छ : गगन थापा

गणेशमानको आदर्शलाई कांग्रेसको संगठन र व्यवहारमा उतार्नुपर्छ : गगन थापा

नेपाल सम्वत् ११४६, यंलाथ्वः ७, सप्तमी (२ असोज २०८३, १८ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उहाँका त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई कांग्रेसको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सभापति थापाले कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र नलिन आग्रह गरेका छन्।

उनले गणेशमान सिंहजस्ता अग्रज नेताहरूले देखाएको त्याग, साहस र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्ने अवसरका रूपमा महाधिवेशनलाई अघि बढाउनुपर्ने बताएका हुन्।

‘समय बदलिएको छ, चुनौती बदलिएका छन्। तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,’ थापाले सन्देशमा भनेका छन्।

सभापति थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्।

गणेशमान सिंहको राजनीतिक योगदान, लोकतन्त्रप्रतिको प्रतिबद्धता र संघर्षबाट कांग्रेसले निरन्तर प्रेरणा लिनुपर्ने उल्लेख गर्दै थापाले उहाँको आदर्शलाई वर्तमान राजनीतिक व्यवहार र संगठनात्मक अभ्यासमा स्थापित गर्नुपर्ने सन्देश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार