Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दीपिका र रणवीर दोस्रोपटक बने आमाबुबा, जन्मिइन् छोरी

दीपिका र रणवीर दोस्रोपटक बने आमाबुबा, जन्मिइन् छोरी

नेपाल सम्वत् ११४६, यंलाथ्वः ८, अष्टमी (३ असोज २०८३, १९ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह दोस्रोपटक आमाबुबा बनेका छन्। दीपिकाले शनिबार दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी हुन्।

दम्पतीले छोरी जन्मिएको खुसीको खबर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनीहरूले नवजात शिशुको खुट्टाको छापसहितको तस्बिर सेयर गर्दै परिवारमा नयाँ सदस्यको आगमन भएको जानकारी दिएका हुन्।

दीपिका र रणवीरले गत अप्रिल १९ मा आफूहरू दोस्रोपटक आमाबुबा बन्न लागेको घोषणा गरेका थिए। त्यस क्रममा उनीहरूले जेठी छोरी दुआको तस्बिर सार्वजनिक गरेका थिए। तस्बिरमा दुआले गर्भावस्था परीक्षण किट समातेकी थिइन् भने रणवीरले उनलाई काखमा लिएका थिए। यद्यपि, तस्बिरमा उनीहरूको अनुहार स्पष्ट देखाइएको थिएन।

यसअघि दीपिका र रणवीरले ८ सेप्टेम्बर २०२४ मा पहिलो सन्तानका रूपमा छोरी दुआ जन्मिएको जानकारी दिएका थिए। उनीहरूले सामाजिक सञ्जालमार्फत ‘वेलकम बेबी गर्ल’ भन्दै छोरीलाई स्वागत गरेका थिए। त्यसअघि फेब्रुअरी २०२४ मा उनीहरूले पहिलोपटक गर्भावस्थाको घोषणा गरेका थिए।

दीपिका र रणवीरको प्रेम सम्बन्ध सन् २०१३ मा फिल्म ‘गोलियों की रासलीला राम–लीला’ को छायांकनका क्रममा सुरु भएको थियो। लामो समयको प्रेम सम्बन्धपछि उनीहरूले सन् २०१८ मा इटालीमा विवाह गरेका थिए।

कामको कुरा गर्दा दीपिका पादुकोण आगामी फिल्म ‘किङ’ मा शाहरुख खानसँग देखिँदैछिन्। फिल्म सन् २०२६ डिसेम्बर २४ मा प्रदर्शन हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार