नेपाल सम्वत् ११४६, यंलाथ्वः ८, अष्टमी (३ असोज २०८३, १९ सेप्टेम्वर, २०२६) शनिवार, बाँपिझ्याला । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तीन प्रभावशाली नेता आइतबार दोलखा आउने भएका छन्। नेकपाका नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र बेदुराम भुसाल प्रशिक्षण कार्यक्रमका लागि दोलखा आउन लागेका हुन्।
नेकपा दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनीहरू दोलखा आउन लागेका हुन्। जेनजी आन्दोलनपछि नेकपा दोलखाले पहिलोपटक तीन प्रभावशाली केन्द्रीय नेतालाई जिल्ला बोलाएर प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागेको हो।
प्रशिक्षणमा नेता नारायणकाजी श्रेष्ठले ‘समसामयिक राजनीति र अबको कार्यदिशा’, नेता बेदुराम भुसालले ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ तथा नेता वर्षमान पुनले ‘आजको संगठनात्मक संरचना र कार्यप्रणाली’ विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा दोलखाले जनाएको छ।
प्रशिक्षण कार्यक्रममा नेकपा दोलखाका सबै केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य, जनवर्गीय संगठनका सबै केन्द्रीय नेता तथा जिल्ला अध्यक्षहरूको सहभागिता रहनेछ।
त्यसैगरी, जिल्लाका प्रत्येक पालिकाबाट १० जनाका दरले प्रतिनिधि सहभागी हुने नेकपा दोलखाका संयोजक अशोककुमार दाहालले जानकारी दिए। कार्यक्रममा जिल्लाका पदाधिकारी तथा सम्पर्क समन्वय केन्द्रका प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ।
नेकपाका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज विशाल खड्काका अनुसार राजनीतिक प्रशिक्षणपछि नेकपा दोलखाले आगामी कार्ययोजना र रणनीति समेत तय गर्नेछ। प्रशिक्षणलाई संगठनको आगामी दिशा र कार्ययोजना निर्माणका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको नेकपा दोलखाले जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij