नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । नेपाली कांग्रेस भिमेश्वर नगरपालिका–२, दोलखाको वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले शैलेन्द्रकुमार जोशीलाई वडा सभापतिमा निर्विरोध चयन गरेको छ।
पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आयोजित वडा अधिवेशनमा वडा तहको नयाँ नेतृत्व चयन गरिएको हो। अधिवेशनले वडा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी तहका अधिवेशनका लागि आवश्यक तयारी अघि बढाउने बाटोसमेत तय गरेको छ।
वडा सभापतिमा जोशी निर्विरोध चयन भएसँगै भिमेश्वर–२ मा कांग्रेसको वडा तहको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको हो। नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार, कार्यकर्ता परिचालन तथा स्थानीय तहमा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ।
अधिवेशनमा सहभागी कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीलाई वडा तहदेखि नै थप सुदृढ बनाउँदै आगामी राजनीतिक तथा सांगठनिक गतिविधिमा सक्रियताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
वडा अधिवेशन सम्पन्न भएसँगै कांग्रेस दोलखाको ध्यान अब पालिका र जिल्ला अधिवेशनतर्फ केन्द्रित भएको छ। कांग्रेसको तालिकाअनुसार असोज ७ गते पालिका अधिवेशन तथा असोज १० गते जिल्ला अधिवेशन हुने कार्यक्रम रहेको छ।
भिमेश्वर–२ को वडा अधिवेशनबाट निर्वाचित नेतृत्वसहित कांग्रेसका नेता तथा कार्यकर्ताले अब पालिका र जिल्ला अधिवेशनलाई समेत भव्य र व्यवस्थित रूपमा सफल बनाउन सक्रिय हुने बताएका छन्।
पार्टीले वडा अधिवेशनबाट संगठनमा नयाँ ऊर्जा थपिएको जनाउँदै आगामी पालिका तथा जिल्ला अधिवेशनमा पनि नेता, कार्यकर्ता र प्रतिनिधिहरूको सक्रिय सहभागिता रहने अपेक्षा गरेको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij