नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । काठमाडौंको त्रिपुरेश्वरमा सार्वजनिक बसमा आगलागी हुँदा बसका चालक गम्भीर घाइते भएका छन्। आगलागीमा परी घाइते भएका २५ वर्षीय दावा लामाको शरीरको करिब ९० प्रतिशत भाग जलेको छ।
कीर्तिपुर बर्न अस्पतालका प्लास्टिक सर्जरी विभाग प्रमुख तथा वरिष्ठ कन्सल्टेन्ट प्लास्टिक सर्जन डा. विशाल कार्कीका अनुसार लामाको शरीरको ९० प्रतिशत भाग जलेको र उनको अवस्था गम्भीर रहेको छ।
घाइते लामालाई सोमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो। लामाले बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसमा आफैं आगो लगाएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ।
आफ्नै बसमा आगो लगाउनुको कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक अनुसन्धानका क्रममा ट्राफिक प्रहरीसँग भएको विवादपछि आक्रोशित भएर लामाले बसमा आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएको भन्दै घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जानकारी दिएका छन्।
प्रहरीले घटनाको कारण, बसमा आगो लगाउनुपर्नाको अवस्था तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij