नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाका कोषाध्यक्ष धिरज सुवेदी सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
महासंघको हालै सम्पन्न सातौँ महाधिवेशनबाट सुवेदी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। बागमती प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित हुने उनी एक मात्र प्रतिनिधि रहेको बताइएको छ।
दोलखा र रामेछाप जिल्लामा ग्रामीण विद्युतीकरणको क्षेत्रमा काम गर्दै आएको खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको नेतृत्वमा रहेर सुवेदीले लामो समयदेखि सामुदायिक ऊर्जा व्यवस्थापन, ग्रामीण विद्युतीकरण तथा सामाजिक रूपान्तरणका गतिविधिमा योगदान दिँदै आएका छन्।
उनको राष्ट्रिय तहको नेतृत्वमा चयनले दोलखासहित बागमती प्रदेशमा सामुदायिक विद्युत क्षेत्रको विकास तथा विद्युत उपभोक्ताको हकहित संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित केन्द्रीय सदस्य सुवेदीले देशभरका सामुदायिक विद्युत उपभोक्तासँग समन्वय गर्दै संस्थागत सुधार, विद्युत सेवाको पहुँच विस्तार र उपभोक्ताको अधिकार संरक्षणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुवेदी नेकपा एमालेका दोलखा जिल्लास्तरीय नेता समेत हुन्। सामुदायिक विद्युत क्षेत्रसँगै जिल्लाको सामाजिक तथा राजनीतिक गतिविधिमा समेत उनी सक्रिय रहँदै आएका छन्।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij