Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

बिगु गाउँपालिका कांग्रेस सभापतिमा बिपि लामा निर्विरोध

बिगु गाउँपालिका कांग्रेस सभापतिमा बिपि लामा निर्विरोध

नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाको बिगु गाउँपालिका सभापतिमा बिपि लामा निर्विरोध निर्वाचित भएका छन्।

गाउँपालिका अधिवेशनबाट लामा सभापतिमा निर्विरोध निर्वाचित भएका हुन्। उनको नेतृत्वमा बिगु गाउँपालिकामा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र सक्रिय बनाउँदै कांग्रेसका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

यसअघि सम्पन्न वडा अधिवेशनबाट बिगु गाउँपालिकाका आठवटै वडामा वडा सभापतिसमेत निर्विरोध निर्वाचित भएका छन्।

वडा सभापतिमा वडा नं. १ लामाबगरबाट डिल्लीबहादुर मगर, वडा नं. २ ओराङबाट राजकुमार तामाङ, वडा नं. ३ बुलुङबाट टहलबहादुर भुजेल, वडा नं. ४ लादुकबाट नउस खड्का, वडा नं. ५ चिलङ्खाबाट बलराम खड्का, वडा नं. ६ आलम्पुबाट बेदबहादुर थामी, वडा नं. ७ बिगुबाट लाक्पा शेर्पा र वडा नं. ८ खोपचागुबाट जाङ्बु शेर्पा निर्वाचित भएका छन्।

गाउँपालिका सभापति र आठवटै वडा सभापति निर्विरोध निर्वाचित भएसँगै बिगुमा नेपाली कांग्रेसको संगठनलाई थप एकताबद्ध र सक्रिय बनाउँदै पार्टीका कार्यक्रम तथा गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने कांग्रेस नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार